Online News Portal

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी, मुख्यमन्त्री लामालाई पराजित

काठमाडौँ :  बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै मुख्यमन्त्री बहादुरसिंह लामालाई हराए।

निर्वाचन समितिका अनुसार लामाले १४ मत प्राप्त गरे भने एक मत बदर भएको थियो। कुल ३७ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

यसअघि भएको दलको नेताको निर्वाचनमा भने लामाले बानियाँलाई पराजित गरेका थिए। ती चुनावमा लामाले २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए।

यसपटक कांग्रेसभित्रको नेतृत्वको प्रतिस्पर्धामा बानियाँ विजयी हुँदै प्रमुख दलनायकका रूपमा स्थापित भएका छन्।

 

Ask ChatGPT

Advertisement

Click the button below to skip this ad and read the full article.