Online News Portal

बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित

काठमाडौँ; महिला प्रधानमन्त्री कपमा कोशीले बागमती प्रदेशलाई १० रनले हराएको छ । आइतबार धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा जारी प्रतियोगितामा कोशीले विजयी सुरुवात गरेको हो ।

बागमतीले भने खराब सुरुवात गर्‍यो । आइतबार भएको यस खेलमा कोशीले दिएको ६४ रनको सामान्य लक्ष्य पछ्याएको बागमती १२.१ ओभरमा ५३ रनमा अलआउट भयो ।

उसका लागि साविका यादवले २० र विपिशा शाहीले १२ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।

कोशीका लागि ज्योति दनुवार, रुबिना क्षेत्री र सङ्गीता राईले दुई/दुई तथा निशा शाहले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको कोशीले निर्धारित १३ ओभर खेलेर ७ विकेटको क्षतिमा ६३ रन बनायो । उसका लागि विमला मलाहाले १९ र कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बागमतीका लागि मनीषा उपाध्यायले ह्याट्रिकसहित कुल विकेट लिइन् । उनले तीन ओभरमा एक मेडनसहित ७ रन दिएर चार विकेट लिएकी हुन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.