Online News Portal

बागमतीमा एमालेका मन्त्रीले आज राजीनामा बुझाउँदै

काठमाडौं:  संघमा नयाँ सत्ता समिकरण बनेपछि नेकपा (एमाले) का मन्त्रीहरू आज बागमती प्रदेश सरकारबाट बाहिरिदैछन् । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिदैछन् ।

संघमा सत्ता समीकरणमा परिवर्तन भएपनि बागमती प्रदेशको सत्तारुढ दल माओवादी केन्द्रको आइतवार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेका हुन् ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.