बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा बजेटका सिद्धान्त र प्राथिमकतामाथि छलफल नै नगरी बजेट ल्याइने भएपनि यस वर्ष पर्याप्त छलफलपछि आएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम, बजेट वक्तव्य सबैमा हेर्दा यो बजेटमा लय मिलेको बताउनु भयो । उहाँले सीमा र समस्याहरु पनि बजेटमा उजागर गरिएको बताउनु भयो । उहाँले बजेटमा स्पष्ट रुपमा पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति उल्लेख गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस पटकको बजेट अलि नयाँ ढंगले आएको छ । हामी यसलाई छलफल पुगेन, बहस पुगेन भन्ने गर्दथ्यौँ । तर यो पटक पर्याप्त छलफल पछि आएको छ । त्यसैले यो बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक छ । नीति तथा कार्यक्रम, बजेट वक्तव्य सबैमा हेर्दा यो बजेटमा लय मिलेको छ । हिजोका समीक्षाहरु छन्, गर्ने प्रतिवद्धताहरु छन् । सीमा र समस्याहरु पनि बजेटमा उजागर भएका छन् । त्यसैले यो बजेटप्रति पूर्ण समर्थन गर्र्दै कार्यान्वयनको लागि विश्वास व्यक्त गर्दछु । बजेटमा स्पष्ट रुपमा पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति उल्लेख छन् ।’
उहाँले संघीयताको लाभ गरिव, विपन्न र विभेदमा परेका वर्ग, समुदायहरुले लिनसक्ने गरी बजेटमा उठाइएको बताउनु भयो । सहकारी, सरकारी र निजी क्षेत्रले स्पष्ट रुपमा अघि बढाउन बाटो बनाइएको बताउनु भयो ।