बंगलादेशकाे नयाँ सरकार प्रमुख, जाेसँग खाेसिएकाे थियाे नाेबेल पुरस्कारकाे समेत राेयल्टी
काठमाडाैं: बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका छन् । अध्यक्ष शाहबुद्दीन र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरुबीच भएको भेटमा उक्त निर्णय भएको बंगलादेशी सञ्चार माध्यमले बताएका छन् ।
बताइएअनुसार उक्त निर्णय भएकाे बैठकमा तीनै सेनाका प्रमुखको समेत उपस्थिति रहेको थियो । विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्यको टुङ्गो लगाइने उल्लेख छ ।
युनुस हाल देशबाहिर छन् तर, उनले शेख हसिनाको शासन हटाउने निर्णयलाई देशको ‘दोस्रो स्वतन्त्रता’ भनेका छन् ।