Online News Portal

फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा

 

काठमाडौँ: फ्रान्सको संसदीय चुनावमा वामपन्थी दलहरूले सबैभन्दा बढी सिट ल्याउन सफल भएका छन् । चरम दक्षिणपन्थी दल न्यासनल र्‍यालीले बहुमत ल्याउने प्रक्षेपण गरिए पनि न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन चुनावी नतिजामा अगाडि देखिएको छ । ५ सय ७७ सिटको राष्ट्रिय सभामा वामपन्थी गठबन्धनले १८२ सिट जितेको छ । वामपन्थी दलहरू मिलेर ३ हप्ताअघि मात्र उक्त गठबन्धन बनाएका थिए । अतिदक्षिणपन्थी मानिने न्यासनल र्‍याली नेतृत्वको गठबन्धनले भने १४३ सिट ल्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको मध्यमार्गी पार्टीले भने १६८ सिट जितेको छ ।