Online News Portal

फेरि भेटियो मंकिपक्सको बिरामी

काठमाडौं : नेपालमा पुन मंकिपक्सको बिरामी भेटिएका छ। भर्खरै मात्र साउदी अरेबियाबाट आएका एक व्यक्तिमा मंकिपक्स पुष्टि भएको छ। नेपालमा याे दाेस्रो केेस हाे।

 

 

 

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( इडिसी) स्रोतका अनुसार हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको थियो।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो।

‘मंकिपक्स’ एक प्रकारको ‘भाइरल जुनोसिस’ हो, अर्थात् यो जनावरबाट मानिसमा सरेको भाइरस हो। ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मंकिपक्सका लक्षण हुन्।

यो रोग संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ। यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ।

Advertisement

Click the button below to skip this ad and read the full article.