Online News Portal

‘फिल्म क्षेत्रका लागि नेताहरुले भाषणबाहेक केहि गरेनन्’: भुवन केसी

काठमाडौं- फिल्म विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने- ‘नेपाली फिल्म यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्यो त ? नेपाली फिल्म क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान सून्यजस्तो लाग्छ । फिल्म क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन् । यदि सरकारले चाहेको भए फिल्म क्षेत्र आज विदेशिसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौं । तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरुले घरखेत बेचेर यहाँसम्म ल्याएका हुन् ।’

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए । ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्याबारे आफू अवगत रहेको बताए । उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरूको समस्यामा जोड दिने प्रतिबद्धता जनाए ।

नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ । म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु ।  म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ । कुनै क्षेत्रमा गए पनि म चलचित्रको भलोको लागि हो । मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीहरूको उत्थान र विकासका लागि हो । म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनै पनि ठाउँमा जान तयार छु ।’