Online News Portal

प्रमोदको स्थानमा आएका खेमले ताली पाउलान् कि गाली?

काठमाडौं : टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पाचौं सिजनसम्म आइपुग्दा थुप्रै कोच फेरिए। आस्था राउत, मिलन नेवार, तृष्णा गुरुङदेखि दीप श्रेष्ठ, सनुप पौडेल, राजेश पायल राईसम्मका कोच हटे।

पहिलो सिजनबाट लगातार पाचौं सिजनसम्म नहटेका एकमात्र कोच थिए- प्रमोद खरेल। तर, छैटौं सिजनमा भने भ्वाइस टिमबाट कोच प्रमोद हटेका छन्। प्रमोद आफ्नै इच्छाले शोको कोचबाट हटेको निर्माण पक्षको दाबी छ।छैटौं सिजनसम्म आइपुग्दा शोको लोकप्रियता बढ्दो नभई घट्दो क्रममा छ। लोकप्रियता घट्दो क्रममा भए पनि टिमले नयाँ कोच ल्याउन छाडेको छैन। पुराना कोचका रूपमा राजु लामा मात्र बाँकी छन्। छैटौं सिजनका लागि लामासँगै मेलिना राई, उदय सोताङ, र खेम सेन्चुरी अनुबन्ध भएका छन्।

 

 

 

पछिल्लो समय खेमको ‘म त ढले ढले’ बोलको गीत चर्चामा छ। यसअघि उनले लय भरेको गीत ‘सोचे झैँ जिन्दगी रैनछ’ पनि चर्चामा आएको थियो। चर्चाका अलावा उनले लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा नै छन्। तर, सांगीतिक क्षेत्रमा लामो सयमदेखि हुनु र अरुको क्षमताको मूल्याङ्कन गर्नु फरक विषय हुन्।

लगातार पाँच सिजनसम्म आएका प्रमोदलाई दर्शकले मिस त गर्छन् नै। हेरिरहेको कार्यक्रममा सधैँ सुनिरहेको र सधै हेरिरहेको पात्र फेरिँदा दर्शक स्रोताको मन फेरिएका थुप्रै उदाहरण छन्। प्रमोद सरहको कोचिङ गरे भने खेमलाई दर्शकले राम्रै मान्लान् तर गरेनन् भने। खैर अहिले त्यतातिर नलागौँ, पुसको तेस्रो हप्तासम्म कुरौँ।

Advertisement

Click the button below to skip this ad and read the full article.