Online News Portal

प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

काठमाडौँ : मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ त्यस्तै आजको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

Advertisement

Click the button below to skip this ad and read the full article.