Online News Portal

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको बैठक तालिका सार्वजनिक

काठमाडौं : संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभा बैठकहरूको तालिका सार्वजनिक गरेको छ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार, चैत ३, ४, ६, ७, १३, १४, र १५ गते गरी ७ दिन बैठक बस्नेछ।

 

 

चैत ३ गतेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.