Online News Portal

“प्रचण्डको चेतावनी: सर्वसम्मत विधेयकमाथि संसदमा हस्तक्षेप स्वीकार्य छैन”

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत हुँदा हुने चलखेल र छेडखानीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक लगायतका महत्त्वपूर्ण विधेयक कार्यसूचीबाट अन्तिम समयमा हटाइनु अस्वीकार्य भएको बताएका छन्।

उनले प्रहरीसम्बन्धी विधेयकलाई व्यापक छलफल र परिमार्जनसहित अगाडि बढाउन जोड दिँदै, संघीयताको मर्मअनुसार कानुनी आधार तयार गर्न सबै दलले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। बैठकमा अन्य सांसदहरूले पनि सर्वसम्मत विधेयकमा अनावश्यक हस्तक्षेप अस्वीकार गर्ने धारणा व्यक्त गरेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.