Online News Portal

प्यालेस्टाइन–इजरायली द्वन्द्वः गाजाका बालबालिकाहरू शान्तिको आशामा

काठमाडौँ : चलिरहेको प्यालेस्टाइन–इजरायली द्वन्द्वको बावजुद प्यालेस्टिनी बालबालिकाहरू अझै शान्तिको आशामा बसेका छन् । गाजामा चाँडै आफ्नो सामान्य जीवनमा फर्कने सपना उनीहरुको छ । अक्टोबर ७, २०२३ देखि इजरायली सेनाले गाजापट्टीमा ३६ हजार २ सय भन्दा बढी प्यालेस्टाइनीहरूलाई मारेको छ । लगभग ८२ हजार मानिस घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार उल्लेखनीय संख्यामा बालबालिका र महिलाहरू छन् । संयुक्त राष्ट्रका विज्ञहरूको समूहले अप्रिलमा गाजाका ८० भन्दा बढी विद्यालयहरू क्षतिग्रस्त वा नष्ट भएको र कम्तीमा ६ लाख २५ विद्यार्थीहरूको शिक्षामा पहुँच नभएको बताएको थियो ।

उनीहरुले गाजामा भएको हत्याको अन्त्य हुने आश आफूहरुको रहेको बताइएको छ ।