काठमाडौँ : ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ गइरहेको सवारीसाधनमा विद्युत् प्रवाह भएर आगलागी हुँदा गम्भीर घाइते भएकी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा अभियम आचार्यलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। सबिनाको शरीरका विभिन्न भाग जलेको छ भने छोरा अभियमको अवस्था जोखिममुक्त रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्।
दुर्घटनामा सबिना र निरज आचार्यकी १६ वर्षीया छोरी आध्या, सबिनाका बुबा ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, र चालक ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको छ।
सवारीसाधन पाथीभरा क्षेत्रको तेर्से र गुन्द्रे भन्ने स्थानको बीच भागमा हाइटेन्सन लाइनको लत्रिएको तारमा परेर आगलागी भएको थियो। सवारीमा ६ जना सवार थिए, जसमा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।