Online News Portal

परम्परागत सीप जोगाउँदै भोजपुरमा राडीपाखी बुन्ने तालिम, महिलालाई आयआर्जनको अवसर

काठमाडौँ : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले परम्परागत सीपको संरक्षण र स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ। माघ ४ गतेदेखि फागुन ४ गतेसम्म चल्ने एक महिनाको तालिममा पाँचजना स्थानीय महिलाको सहभागिता छ। तालिममा भेडाको ऊन प्रशोधनदेखि परम्परागत ढाँचामा राडीपाखी बुन्नेसम्मका सीप व्यवहारिक रूपमा सिकाइनेछ।

गाउँपालिकाले यस तालिमलाई आर्थिक तथा पर्यटनसँग जोडेर भेडापालन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। अध्यक्ष सरोज बस्नेतका अनुसार राडीपाखीलाई पर्यटक लक्षित सामग्रीका रूपमा विकास गर्न सकिने भएकाले स्थानीय उत्पादन र भेडापालनमा सकारात्मक प्रभाव पर्नेछ। उपाध्यक्ष रमादेवी राईले किरात समुदायको संस्कृति र पहिचानसँग जोडिएको राडीपाखीको संरक्षण तथा सीपको पुस्तान्तरणका लागि तालिम महत्वपूर्ण रहेको बताउनुभयो। आगामी दिनमा उत्पादित राडीपाखीको बजारीकरण र पर्यटनसँग जोड्ने कार्यक्रम अघि बढाउने गाउँपालिकाको तयारी छ।

Advertisement

Click the button below to skip this ad and read the full article.