Online News Portal

नेप्से परिसूचक ३.७९ अंकले बढ्यो

काठमाडौँ :शेयर बजार परिसूचक नेप्से बुधबार ३.७९ अंकले बढेको छ ।

मंगलबार सरकार परिवर्तनको हल्लाले नेप्से ४७ अंकमाथि बढेको थियो । बुधबार नेप्से बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।कूल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा १३६ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।