काठमाडौं : मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ।
कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।