Online News Portal

नेपाल प्रेसको समाचार प्रर्ती आपति जनाउदै नेपाल कमर्श क्याम्पसका बिद्यार्थी नेता दिपेन्द्र खत्रि

काठमाडौँ : छात्रवृत्तिमा लोभिएर विद्यार्थी नेताहरुलाई फर्म र रकम बुझाएका ६३ जना परीक्षार्थीले दिन पाएनन् जाँच,भन्ने समाचार प्रति आपति जनाउदै नेपाल कमर्श क्याम्पसका बिद्यार्थी नेता दिपेन्द्र खत्रिले भने समाचार सत्य हैन बास्तबिकता फरक रहेको जानकारी दिए ,उहाले हामीसंग भनेको कुरा यस्तो छ,बिबिएस दोश्रो बर्षमा अध्यनरत नियमित र आंशिक गरि ४९ जना बिद्यार्थीहरु क्याम्पस प्रशासन, नेता, कर्मचारी र कोहि बिद्यार्थी स्वयम् आफ्नै कारणले परिक्षा दिनबाट बन्चित भएका छन यसमा सत्यतथ्य छानबिन गर्नुपर्ने कुरामा म सहयोग गर्न तयारी भएको जानकारी गराउन चाहान्छु।


यो बिषयलाइ लिएर अहिले सामाजिक संजालमा सत्यतथ्य नबुझी अखबार छाप्ने र ब्यतिगत रिसिबी साधने प्रयास नियोजित भइरहेको कुरा प्रष्ट छ।
यो प्रकरणमा छानबिनलाइ सघाउन म सङठको जिम्मेवारीबाट तत्काललाइ अलग भएको सो-घोषणा गर्न चाहान्छु, धेरै मित्रहरुले अच्चम पनि मान्नु भएको छ जिज्ञासा् पनि राख्नु भएको छ यो बिषयमा तपाईं कसरी आउनुभयो भनेर म सबैलाइ एक्मुष्टमा घटनाको सत्यतथ्य मैले जाने र मसङ भएका प्रमाणहरुको आधारमा एकरती नडराइ आफ्नो कुरा राख्न चाहान्छु।
कुरो साउन महिनाको दोस्रो साताको हो म क्याम्पसमा थिए त्यहिबेला दुइ-तिन जना भाइहरु( जो अहिले पिडित छन) तिनिहरुले मलाइ आफ्नो साथिहरुको संगठनले स्कोरलसिपमा मिलाएको र रु ३३०० तिरेर फर्म भरिसकेको तर आफुहरुको छुटेको जानकारी गराए फर्मको म्याद सक्किसकेको थियो र उनिहरुले आफु पनि सङठनको लागि खटेको कार्यक्रममा हिडेको र अहिले आफुसङ पुरै तिर्ने पैसा नभएको हुदा मिलाइदिन आग्रह गर्नुभयो मैले पनि बुझ्छु र फेरि फर्म खुल्छ तिमिहरु परिक्षा दिन पाउछौ भनेकै हो यतिकैमा म हिडे,

अर्को दिन मैले संगठनको संयोजक सङ कुरा गर्दै यी भाइहरुको फर्म छुटेको र यिनिहरुसङ तत्काल सबै पैसा तिर्न नभएको कुरा भने र संयोजकले फेरि फर्म खुल्छ टियु नै गएर हुन्छ कि कसरी हुन्छ ब्याकको फर्महरुनी बाकी छ भन्ने कुरा गर्नु भयो, समय घर्किदै थियो बिस्तारै कसैलाइ वास्ता हुन छोडेको थिए त्यपछी म आफै एकाउन्ट सेक्सनमा गएर त्यहाको प्रमुखलाइ १२ जना क-कसको फर्म गएको हो यो कुरा केहो भन्दै बुझ्न गएको थिए तर त्यहाका प्रमुखले १२ जनाको फर्म आएकै हो र अनेरास्ववियुको सिफारिसमा क्याम्पस प्रमुख र बिद्यार्थी कल्याण प्रमुखको तोक लगाएर आएकै हुनाले मैले एसेप्ट गरेको र नाम चाहिँ देखाउन नमिल्ने उहाले बताउनुभयो, लगतै मैले क्याम्पस प्रमुख सङ अरु भाइहरुको पनि आर्थिक समस्याले फर्म बाकी रहेको जानकारी गराए तर उहाले यसपाली बिबिएस दोश्रो बर्षमा पहिला नै सबै सङठनका अध्यक्षहरु मिलेर हालिसकेको र फेरि १२ वटा त्यो भन्दै कुरा टार्नुभो, त्यसपछी यो बिषय सबैलाइ जानकारी नै थियो।
त्यसलगदै केही दिनमा टियुको नोटिस आयो र फर्म छुटेका अन्तिम फर्म भर्ने मौका भनेर तर त्यो २१र २२ गते क्याम्पस प्रमुख मोबाइल सुइचाअफ गरेर भाग्नु भो फेरि त्यही दिन कर्मचारिको मिलेमतोमा एकजाना हाम्रै भाइको फर्म पनि टियु पठाउनु भो त्यही निउ लिएर नेबिसघ र क्रान्तिकारिका साथिहरुले टेबुल कुर्सी नि फोडनु भो क्याम्पस प्रमुख क्याम्पस न आउने सहाएक क्याम्पस प्रमुखहरु आफ्नो अधिकार केही पनि छैन भन्ने कर्मचारी क्याम्पसप्रमुखको आदेश कुर्नुपर्ने क्याम्पस चिफ भागेको भागेइ गर्नुपर्ने यो के हो खासमा?

यो प्रश्न प्रशासन र यसको सम्बन्धि माथिका निकाय सबैले बुझ्नै पर्छ, र स्वयम् पिडित बिद्यार्थीलाई न्याय दिलाउन अदालतको सहारामा उनिहरुलाइ परीक्षा दिने ब्यबस्था गर्ने जिम्मा लिनै पर्छ।

यो घटाना हुनुमा प्रमुख गैरजिम्मेवारि पन भनेको हाम्रो बिश्वबिद्धालयकै हो। त्यसपछिका प्याक्टरहरु सहायक नै हुन

क्याम्पसले पठाएको लेटर बिद्यार्थीहरुको नाम चेक टियुको नोटिस यहाँ पेश गरेको छु।
जुन मेरो नाममा ११००० लगेको आरोप अलिना सिबाकोटी बहिनिले लगाएकी छिन त्यो नभएर स्वयम् अलिना बैनी २८ गते आएर फर्म छुट्यो भनेर बिबिएस शाखामा रुदै थिइन उल्टै त्यहाको कर्मचारिले उसको पैसा सबै तिरेको बिल स-प्रमाण हुदा हुँदै आफू भागेर मेरो जिम्मा बिद्यार्थी लगाउछ भने म के भाग्नु सक्ने गर्छु भन्नुबाहेक के बिकल्प हुन्छ। मैले सहयोग गरेर यत्रो 48 जनाको छ भएसी तिम्रो नि छुटदैन भनेर फर्म भर्न सहयोग गरेको थिय क्याम्पसका कुनै निकाय जिम्मेवार हुदैनन भाग्छन भने यसको अपनत्व कसले लिने के कोहि पनि कसैप्रती जिम्मेवार नहुने नै हो?

क्याम्पस प्रमुख र सम्बन्धित निकायलाइ प्रश्न
1)बेला बेला तपाईं राजिनामा किन दिइराख्नु हुन्छ?
2) के यस्ता बाध्यता छन जसबाट तपाईं भागेको भागेइ गर्नुहुन्छ?
3) तपाईं राजिनामा दिने स्वीकृत गर्ने निकाले किन नगर्न रैछ?
4)अन्तिम बिन्दुमा आएर सबै बिद्यार्थीको फर्म, नाम लिस्ट र चेक किन रेडि गर्न लगाएर टियुमा कमर्चारी पठाको?
5)केमा हस्ताक्षर गरे भन्ने सोचेको भए यी बिद्यार्थीहरुलाइ राजनिती नगरेको भए परीक्षा दिइरहेका हुन्थे तर बिद्यार्थीलाई राजनितीको चपेटामा फसाएर आफू उम्किन खोज्ने कोको छन?
6) परिक्षाको अन्तिम दिन र आफुले चाहे सेटिङ मिले जतिबेला पनि सर्बर खोल्न लगाएर फर्म भराउन सक्ने सम्बन्धित निकाय यो बिषयमा थाहा हुँदै हुँदै किन मौन बसिरहेको?