Online News Portal

नेपाली बजारमा योनेक्सका नक्कली सामग्रीको बिगबिगी: सक्कली कसरी चिन्ने?

काठमाडौँ : नेपाली बजारमा जापानी प्रिमियम ब्रान्ड योनेक्सका नक्कली सामग्रीहरू व्यापक रूपमा बिक्री भइरहेको पाइएको छ। भारत, चीन लगायतका देशहरूबाट अवैध रूपमा आयात गरिएका यी नक्कली सामग्रीहरूमा कम्पनीको लोगो, ट्याग र डिजाइन हुबहु नक्कल गरिएका छन्, जसले उपभोक्ताहरूलाई ठग्न सजिलो बनाएको छ।

 

 

सक्कली योनेक्स सामग्री चिन्ने तरिका:

होलोग्राम स्टिकर: सक्कली योनेक्स सामग्रीमा विशेष गोंद प्रयोग गरिएको होलोग्राम स्टिकर हुन्छ, जुन सजिलै नखुल्ने हुन्छ। नक्कली सामग्रीमा यो स्टिकर सजिलै निकाल्न सकिन्छ।

सिरियल नम्बर: सक्कली र्‍याकेटमा सट र कोनमा लेजरले खोपिएको सिरियल नम्बर हुन्छ, जुन नक्कलीमा प्रिन्ट गरिएको मात्र हुन्छ।

बट क्यापको रङ: सक्कली र्‍याकेटको बट क्यापमा विशेष हरियो रङ हुन्छ, जबकि नक्कलीमा यो रङ फरक हुन सक्छ।

लोगो र टाइपोग्राफी: सक्कली योनेक्स लोगो स्पष्ट र सन्तुलित हुन्छ, जबकि नक्कलीमा अक्षरहरू असन्तुलित र अस्पष्ट हुन सक्छन्। विशेष गरी ‘O’ अक्षरको आकार फरक देखिन्छ।

Sunrise Authenticator: Sunrise कम्पनीले प्रदान गरेको QR कोड स्क्यान गरेर वा स्क्र्याच कोड प्रविष्ट गरेर सामग्रीको सक्कलीपन पुष्टि गर्न सकिन्छ।

Advertisement

Click the button below to skip this ad and read the full article.