Online News Portal

नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ: डिपी अर्याल

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री ओलीलाई उच्चस्तरीय आयोग गठन गरी आफू र आफ्नो दलका नेताहरूविरुद्ध लागेका आरोपहरूको छानबिन गर्न आग्रह गरेका छन्।

 

आइतबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै, उनले प्रधानमन्त्रीलाई भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता अनुसार सबैको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन अनुरोध गरे।

अर्यालले पूर्वप्रधानमन्त्री प्रचण्डले जस्तै वर्तमान प्रधानमन्त्रीले पनि आफू र सत्तारूढ दलका नेताहरूविरुद्धका आरोपहरूको छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए।