निलबाराही जङ्गलमा फेला परेका प्रकाश राईको हत्या खुलासा

काठमाडौँ : भक्तपुरको बोडे निलबाराही जङ्गलमा गत आइतबार मृत फेला परेका खोटाङका प्रकाश राईको हत्या भएको खुलेको छ।

६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। बुढामगरले राईसँग सँगै रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन्। विवादको क्रममा ढुङ्गा प्रहार गरी हत्या गरेको उनले स्वीकार गरेका छन्।