Online News Portal

निर्वाचन आयुक्तमा प्रश्तावित प्रधानको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडौँ: निर्वाचन आयुक्तका लागि प्रश्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रश्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो । संवैधानिक परिषद्को गत असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तामा सिफारिस गर्ने निर्णय गरेको थियो । निर्वाचन आयुक्तका लागि प्रश्तावित व्यक्तिबारे कुनै उजुरी वा सूचना भएमा समिति समक्ष दिनका लागि उजुरी आह्वान गर्न समितिको सचिवालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । समितिले सो उजुरीमाथि पनि छानविन व्यवस्था छ ।
सभापति जबराले भन्नुभयो, ‘प्रस्तावित व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धि सूचना सरकारी सञ्चार माध्याम र विद्युतीय सञ्चार माध्यममार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

प्रधान विगत दुई दशक बढी नेपाल कानून समाजका कार्यकारी निर्देशकको जिम्मेवारी रहनुभएको थियो । राजनीतिशाष्त्रका स्नातकोत्तर गर्नुभएका प्रधान नागरिक अगुवाहरुको आन्दोलनमा पनि सक्रिय रहँदै आउनुभएको थियो । प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । यसरी नियुक्त भएका निर्वाचन आयुक्तको पदावधि ६ वर्षको हुनेछ ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.