काठमाडौँ: भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ ‘हाई अलर्ट’ जारी गरेका हुन् । स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको बीबीसीले जनाएको छ ।
अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिनुभएको छ ।सो क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान नभनिएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार निपाह भाइरस संक्रमण सुँगुर र चमेरा लगायतबाट मानिसमा सर्ने जुनोटिक रोगहो । ज्वरो, टाउको दुख्ने ,मांसपेशी दुख्ने, घाँटी दुख्नु यो रोगका मुख्य लक्षण हुन् ।
निपाह देखिएसँगै केरला राज्य सरकारले प्रकोप रोक्न कार्ययोजना बनाइरहेको बताएको छ । यसअघि सन् २००१ र २००७ मा पश्चिम बंगालको पूर्वी राज्यमा सो संक्रमण देखिएको थियो ।