Online News Portal

नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कोषको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो। यसअनुसार सेयरधनीले कुल १३ प्रतिशत लाभांश पाउनेछन्।

घोषित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ।

गत आर्थिक वर्षमा नागरिक लगानी कोषले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो। हाल कोषको सेयर बजार मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ रहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.