Online News Portal

दादुरा-रुबेला राेकथामका लागि स्वास्थ्यकर्मी परिचालन

काठमाडौँ: शुक्लाफाँटाका दुई बालकमा दादुरा रुबेला देखियो, द्रुत प्रतिकार्य टोली परिचालन महेन्द्रनगर । सुदूरपश्चिम सरकारले कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

 

शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाटको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाएर सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए ।विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन । दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.