Online News Portal

थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा

काठमाडौँ: पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ ।

सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको संयुक्त आयोजनामा यही साउन २५ गते धनगढीको क्याम्पस चोकमा धुमधामसँग पर्व मनाउने तयारी थालिएको सखि सञ्जाल कैलालीका कार्यबाहक संयोजक कालीमैया चौधरीले जानकारी दिए । यस्तै धनगढीका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा उक्त पर्व मनाउन थारु समुदाय जुटेको छ । थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्बद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको संयोजक चौधरीले बताए ।

“विशेष गरी “गुरही”एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाईनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस कीराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उनले भने, “यसै गुरहीको प्रतिकका रुपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुडीया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् । पुरुषहरु सेलाएको गुडीयालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध तथा नराम्रो चिज लैजा भनेर जोरले चिच्याउने चलन छ ।”

Advertisement

Click the button below to skip this ad and read the full article.