काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघको आयोजनामा टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोली सहभागी हुनेछन्।
विजेता टोलीले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ब्याटर र बलरलाई ‘बेस्ट ब्याट म्यान’ र ‘बेस्ट बलर’ पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडीलाई ६ महिना र अन्यलाई ३ महिनासम्म निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गरिनेछ।