काठमाडौँ: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने स्पष्ट पारे । आफूले हस्तक्षेप गरेको भनेर भएका प्रचारमा कुनै सत्यता नरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिए । विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताए ।