काठमाडौं : घरेलु मैदानमा हुने त्रिदेशीय महिला क्रिकेट शृंखलाका निम्ति नेपालको टोली घोषणा भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
नेपाली टिममा यू–१९ टोलीकी कप्तान पूजा महतो पनि समावेश भएकी छन् । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका छ ।