Online News Portal

तेश्रोदिनमै स्वतन्त्र कानुन व्यवसायी मञ्चले गर्यो यति ठुलो घोषणा

काठमाडौं – गत शुक्रवार मात्रै घोषणा भएको स्वतन्त्र कानुन व्यवसायी मञ्चले ध्यानाकर्षण सहितको विज्ञप्ती निकालेको छ ।

आज आइतवार मञ्चले रिगल भनिने योगराज ढकाललाई आम माफि दिएको र सो को विरुद्धमा भारती मानन्धरको पक्ष र समग्र न्यायलयको विषयमा यस्तो विज्ञप्ती निकालेको हो ।
रिगल भनिने योगराज ढकालले अवैध रुपमा हप्ता असुली गर्ने र सो कार्यलाई व्यवधान गरेको भन्दै चेतन मानन्धरलाई अमानविय तरिकाले निर्ममता पुर्वक खुडा प्रहार गरी जघन्य अपराध गरेको र निज ढकालको मुद्दामा तिनवटै अदालतबाट सर्बस्व सहितको जन्मकैदको फैसला भएपनि संविधान दिवसको दिन आम माफि दिएर सरकार आफैले संविधान माथि नै प्रश्न गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा भनिएको छ ।


यस्तै मञ्चले उक्त कार्यप्रति दुःख समेत व्यक्त गरेको छ । साथै मञ्चको मानव अधिकार विभाग र फौजदारी कानुन विभाग समेतको संलग्नतामा अनसनरत भारती मानन्धरको जीवन रक्षा गर्दै पूर्ण रुपमा कानुनको परिपालना गराउनकालागि अवश्यक कदम चाल्न बाध्य हुनेछ ।’’ भन्दै चेतावनि समेत दिएको छ ।