Online News Portal

तीनकुने प्रदर्शनमा तोडफोड र आगजनी आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

 

 

पक्राउ पर्नेहरूमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेका ३० वर्षीया अनिता कुँवर (एनी), र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन्। उनीहरूलाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई पक्राउ गरिएको थियो। योसँगै तीनकुने घटनामा पक्राउ पर्नेहरूको संख्या ७३ पुगेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.