तीनकुनेमा निषेधित क्षेत्र उल्लंघन गर्न खोज्ने राजावादीहरू प्रहरी नियन्त्रणमा

काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै भेला भएका राजावादी समर्थकहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ।
सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न रोकेका छन्।