डि—८ देशहरूद्वारा गाजामा तत्काल बिना शर्त युद्धविरामको लागि आह्वान
काठमाडौँ: टर्कीको इस्तानबुलमा सम्पन्न विकासशील ८ (डि–८) देशका विदेशमन्त्रीहरूको बैठकले गाजा पट्टीमा तत्काल र बिना शर्त युद्धविरामको लागि आह्वान गरेको छ । गाजामा तत्काल, स्थायी र बिना शर्त युद्धविरामको माग गरेको हो ।
संयुक्त राष्ट्र संघ (युएन) मा प्यालेस्टाइनको पूर्ण सदस्यताको खोजी र आत्मनिर्णयको लागि संघर्षको लागि डि—८ सदस्य राष्ट्रहरूले अटल समर्थन प्रदान गर्ने घोषणापत्रमा उल्लेख छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजामा इजरायली अत्याचारको विरुद्धमा डि–८ देश चुपचाप नबस्ने बताए । फिदानले इजरायली कब्जा समाप्त गर्न र दुई–राज्य समाधान प्राप्त गर्न सबै शक्तिसँग काम गर्न तयार रहेको बताउनु भयो । प्यालेस्टाइनको संयुक्त राष्ट्रको सदस्यता स्वीकार गर्न वकालत गर्दै, मन्त्रीले संयुक्त राष्ट्रमा प्यालेस्टाइनको पूर्ण सदस्यतामा अमेरिकी भिटोले बाधा पुगेको बताउनु भयो ।