Online News Portal

जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौँमा : जेसीबीको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ।

 

नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका ६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.