जापानमा एक हजार नाघे स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस
काठमाडौँ: जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोमका केसहरू १ हजार नाघेको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो । यस वर्षको शुरुदेखि नै देशमा सङ्क्रमितको प्रारम्भिक सङ्ख्या १ हजार १९ पुगेको एनआईआईडीको तथ्याङ्कले देखाएको छ । जसले विगतका वर्षहरूको तुलनामा यस गम्भीर ब्याक्टेरिया संक्रमणको फैलावटमा उल्लेख्य वृद्धि भएको देखाएको छ । एसटिएसस, जसलाई गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमण पनि भनिन्छ ।
यो अचानक शुरु हुने रोग हो । जुन मुख्य रूपमा ग्रुप ए स्ट्रेप्टोकोकसको कारणले हुन्छ । प्रारम्भिक लक्षणहरूमा सामान्यतया घाँटी दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, पखाला लाग्ने, बान्ता हुने र अन्य ग्यास्ट्रोइंटेस्टाइनल समस्याहरू साथै कम रक्तचाप जस्ता सेप्टिक लक्षणहरू समावेश हुन्छन् । यदि तुरुन्तै उपचार गरिएन भने यसले श्वासप्रश्वासको विफलता, कलेजो फेल, मिर्गौला फेल र बहु–अङ्ग फेल हुनसक्छ । यसको मृत्यु दर ३० प्रतिशत भन्दा बढी हुन्छ ।