Online News Portal

जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याउँदैछः सांसद शेर्पा

काठमाडौँ: राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याएको बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको विषयमा केही सोच्ने बेला भएको बताउनु भयो । उहाँले हिमालहरु कालो चट्टानमा परिणत भइरहेको भन्दै यसमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले हिमलामा गर्ने क्रियाकलापले पनि हिमालहरु फोहोर भएका बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनले हामीलाई विकराल अवस्थामा पु¥याएको छ । तर जलवायु परिवर्तन भनेको हामी के भन्छौँ भने विदेशीले औद्यागिक विकास गरेर विदेशीका कारण जलवायु परिवर्तन भयो भन्छौँ । त्यसमा हाम्रो केही भुमिका छैन भन्छौँ । त्यसलाई मात्र दोष नदिइ जलवायु परिवर्तनको विषयमा केही सोच्ने बेला भएको छ । हिमालहरु कालो चट्टानमा परिणत भएको छ । त्यहाँ हिउँहरु पग्लिएको छ । कसरी भन्नेतर्फ हामीले सोच्न जरुरी छ । हिमलामा गर्ने क्रियाकलापले पनि हाम्रा हिमालहरु फोहोर भएका छन् । हिमालका दृश्यहरु साँघुरिँदै गएका छन् ।’
उहाँले हिमालको आधार शिविरहरु धेरै ने फोहोर भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।