Online News Portal

जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् : चन्द

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् ।

 

 

शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको राजनीति अहिले आकाशमा उडिरहेको छ, ठूला ठूला नभएका कुरा गरेर जनतालाई आशा देखाइँदै छ,’ उनले भने, ‘जनतासँग दुई छाक खाने हैसियत छैन, त्यसैले नेपालको राजनीतिलाई धर्तीमा खुट्टा टेकाउन जरुरी छ ।’नेपालमा गणतन्त्र आए पनि त्यो जनताको गणतन्त्र बन्न नसकेको गुनासो गर्दै उनले आज पनि नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताए । ‘यो गणतन्त्रबाट जनताले आफ्नो जीवनमा नयाँपन आएको अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘हेपिएकाहरु हेपिएकै छन्, उत्पीडितहरु उत्पीडित नै छन्, गरिब गरिब नै छन्, हिजो सामन्तीको रजगज थियो, आज दलाल पुँजीवादीको रजगज छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.