काठमाडौँ: धारिलो हतियारबाट हत्या गरिएका धनुषाको मंगलपुरका भोगेन्द्र ठाकुरका आफन्तले शवसहित प्रदर्शन गरेका छन् । हत्यारालाई कारबाही गर्न माग गर्दै उनीहरूले शवसहित प्रदर्शन गरेका हुन् ।
हत्यारा पक्राउ नपरेसम्म शवकाे अन्तिम संस्कार नग्ने उनीहरूकाे चेतावनी छ । गत सोमबार दिउँसो धनुषाधाम नगरपालिका– २, मंगलपुरका ४५ वर्षीय ठाकुर र उनकी श्रीमती ४० वर्षीया श्यामु ठाकुरमाथि आक्रमण भएकाे थियाे ।
टाउकोमा धारिलो हतियारले प्रहार भएपछि भोगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो भने श्यामु गम्भीर घाइते भएकी छिन । गम्भीर घाइते भएकी श्यामुको शरीरमा ४७ वटा टाँका लागेको प्रहरीले जनाएको छ । उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ ।