काठमाडौँ : झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको थियो ।झडपको क्रममा दुवैपक्षबाट ढुंगामुढा हुँदा एकपक्षले चलाएको ढुंगाले सुखलको टाउकोमा गम्भिर चोट लागेर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका सुखलको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा राति ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ। घटनापछि मुख्तार फरार भएका छन घटनामा मुख्तारकी श्रीमती ३२ सजना नेसा, १३ बर्षीय छोरा जमाल मन्सुरी, १० बर्षीय कमाल मन्सुरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तुलाल जयसवारले बताएका छन।