Online News Portal

चौधौँ वार्षिक उत्सवका अवसरमा वेद इन्टरनेशनल एजुकेशनद्वारा ‘एजुकेसन फेयर’ को आयोजना

काठमाडौँ : वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था वेदले ४ सयभन्दा बढी विद्यार्थीहरूले सहभागितामा बिहीबार आफ्नो १४ औँ वार्षिक उत्सवको अवसरमा फेयरको आयोजना गरेको हो ।

कन्सल्टेन्सीले १४ वर्ष पूरा गरेको अवसरमा वैदेशिक अध्ययनका लागि गएका विद्यार्थीका अभिभावकहरूसँग संवादका साथै निःशुल्क आईईएलटीएस तयारी कक्षाहरूको पनि व्यवस्था गरेको जनाएको छ ।

 

फेयरमा युके, युएसए, क्यानडा र अस्ट्रेलिया गरि ४ देशका विश्वविद्यालय प्रतिनिधिहरू प्रत्यक्ष रूपमा उपस्थित भएर विद्यार्थीहरूलाई परामर्श प्रदान गरेका थिए ।

यस अभियानअन्तर्गत सबै विद्यार्थीहरूको लागि निःशुल्क मक टेस्ट परीक्षणको व्यवस्था गरेको थियो । साथै अहिले आईईएलटीएस कक्षा लिइरहेका विद्यार्थीहरूका लागि ४ ओटा निः शुल्क मक टेस्ट गरेको वेद इन्टरनेशनलले जनाएको छ ।

वेद इन्टरनेशनलले फोर फन गतिविधिहरू सञ्चालन गर्नुका साथै फोर गेम पुरस्कारहरूको पनि व्यवस्था गरेको थियो । जसमा बन्जी जम्प, चितवन र सौराहाको लागि उडान टिकटहरू, जिप लाइन टिकट र परिवारको लागि चलचित्र टिकट प्रदान गरिएको