Online News Portal

चौधरी फाउण्डेसनको सहयोगमा ब्युटिपालर तालिम

नवलपरासी : चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तीन महिने आधारभुत ब्युटिपालर तालिम सम्पन्न गरिएको छ ।

चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तालिममा २५ जनाको सहभागीता रहेको थियो ।तालिम समापन समारोहमा चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिक चौधरीले चौधरी फाउण्डेसनले महिलाहरुलाई उत्तमशिलतामा अघि बढाउन विभिन्न प्रकारका सामाजिक क्रियाकलाप गर्दै आईरहेको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।


सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् नेत्रृी कमला तिवारी, तालिम आयोजक संस्था पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लोमा वाग्ले सहभागी रहेको थियो ।

चौधरी फाउण्डेसनले नवलपरासीमा पछिल्लो पटक विभिन्न सामाजिक क्रियाकलाप गर्दै आईरहेको छ ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.