Online News Portal

चीनसँगको व्यापार बढाउन दक्षिणी थाइल्याण्डमा डुरियन महोत्सव

काठमाडौँ: थाइल्याण्डको डुरियनलाई प्रवद्र्धन गर्ने र चिनियाँ बजारमा थप फलफूल व्यापार गर्ने उद्देश्यले दक्षिणी थाइल्याण्डको महत्वपूर्ण डुरियन उत्पादन गर्ने क्षेत्र चुम्फोन प्रान्तमा डुरियन पर्व मनाइएको छ । सोङखलामा चिनियाँ महावाणिज्य दुत वु डोङमेई केही चिनियाँ व्यवसायीहरु कार्यक्रममा रहेका थिए ।

कार्यक्रम थाई र चिनियाँ जनतालाई जुन १५ पछि चुम्फोनमा उत्कृष्ट गुणस्तरका साथ पाकेको समयमा, स्वदेशी तथा विदेशी बजारका लागि उपयुक्त छ भनी जानकारी गराउन आयोजना गरिउको बताइएको छ । उत्कृष्ट डुरियन उत्पादनहरू चिनियाँ ग्राहकहरूको हातमा डेलिभर गर्न सकिन्छ । दक्षिणी थाइल्याण्डमा सबैभन्दा ठूलो डुरियन रोप्ने क्षेत्रको रूपमा चुम्फोन प्रान्तले यस क्षेत्रको डुरियन उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको छ । फलफूलको मौसम जुनदेखि डिसेम्बरसम्म रहन्छ । विगत पाँच वर्षमा चुम्फोन प्रान्तमा डुरियन रोप्ने क्षेत्र निरन्तर विस्तार भई सन् २०२३ को तुलनामा सन् २०२४ मा १७.३८ प्रतिशतले वृद्धि भएको प्रदेशको कृषि विस्तार कार्यालयले जनाएको छ । यो वर्ष यस प्रान्तमा २ लाख ५० हजार टन ड्युरियन उत्पादन हुने अपेक्षा गरिएको छ । जसले ३३ अर्ब भाट (८९९.४ मिलियन अमेरिकी डलर) भन्दा बढी ल्याउने आश गरिएको छ । डुरियन रोपण क्षेत्रको विस्तार मुख्यतया प्रमुख व्यापारिक साझेदार देशहरूबाट थाई डुरियनको बढ्दो मागमा आधारित छ । चीन थाइल्याण्डको सबैभन्दा ठूलो डुरियन व्यापार साझेदार हो । चुम्फोन प्रान्तको ७० प्रतिशत डुरियन चीनमा निर्यात गरिन्छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.