Online News Portal

चिसोले तराईको जनजीवन प्रभावित, नेपालगञ्जमा विद्यालय बिदा

काठमाडौँ; केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढेको हो। यसैगरी, मोरङ, सुनसरीलगायत जिललामा पनि बिहानैदेखि हुस्सु लाग्ने क्रम जारी छ।

 

निरन्तरको चिसोका कारण श्वासप्रश्वासका बिरामी बढेका छन्। महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा सात दिनयता दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताए।

तराईमा रहेका स्वास्थ्य संस्थाहरुमा चिसोबाट प्रभावित भइ उपचारका लागि आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका धेरै छन्।

यसैबीच, चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आज बुधबारदेखि माघ ११ गते पर्सि शुक्रवारसम्म जाडो बिदा दिइएको हो।

Advertisement

Click the button below to skip this ad and read the full article.