चितवनमा जलपंक्षीको गणना सुरू, ५३ गणक खटिए
काठमाडौं : जलमा आश्रित चराको गणना चितवनमा सुरू भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि सुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि सुरू भएको हो । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।
जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाईदेखि गोलाघाटसम्म र माडीको बगई पुलदेखि रिउ दोभान सम्म ३६ किलोमिटर सम्म गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका सयोजक मनेश कुमार लिम्बूले बताए।
त्यस्तै जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जनकारी दिए। राप्ती नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरू खटिएको लिम्बूले बताए।पानी चरा उत्तरी क्षेत्र साईबेरीया, रसिया, तिव्वत, मंगोलिया लगायतको देशहरूबाट आउने गरेका छन् । गत वर्षको गणनामा ४७ प्रजातीको पानी चरा भेटिएका थिए । चरा गणना जनवरी १९ सम्म चल्ने बताइएको छ ।