Online News Portal

“चालु खाता र शोधनान्तरमा उल्लेखनीय बचत, मुद्रास्फीति नियन्त्रणमा”

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको समीक्षाअनुसार, पहिलो नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ। यसै अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो।

 

 

 

वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ, भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा करिब ६ लाख ८ हजार व्यक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.९२ प्रतिशत थियो। वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ४.६१ प्रतिशत थियो।

खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत थियो। वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९४ प्रतिशत थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.