Online News Portal

‘ङ’ वर्णको अस्तित्व संकटमा: नेपाली भाषाबाट हराउँदै ‘नाकथोप्ली ङ’

काठमाडौँ : देवनागरी वर्णमालाको पाँचौं व्यञ्जन ‘ङ’ (नाकथोप्ली ङ) नेपाली भाषाबाट क्रमशः हराउँदै गएको छ। शब्दकोश अनुसार, ‘ङ’ कण्ठ र नासिकाबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जन हो।

 

 

तर, हाल नेपाली छापा र अनलाइन मिडियामा यसको प्रयोग नगन्य हुँदै गएको छ। सम्पादकहरू ‘ङ’ को प्रयोग गर्न हिच्किचाउँछन्, र बोलीचालीमा पनि ‘ङ’ को स्थानमा ‘न’ प्रयोग हुने गरेको छ। उदाहरणस्वरूप, ‘ङ्याक्नु’ लाई ‘न्याक्नु’, ‘ङ्याउरो’ लाई ‘न्याउरो’ भनिन्छ। यस प्रवृत्तिले नेपाली भाषाको ध्वन्यात्मक विविधता र मौलिकता कमजोर बनाउँदै लैजाने चिन्ता बढाएको छ।