Online News Portal

गन्यापधुरामा करोडौँको लगानीमा नमूना खेलमैदान निर्माण हुँदै

काठमाडौँ : गन्यापधुरा गाउँपालिका–२ को टाउरडाँडामा करिब एक करोड रुपैयाँको लागतमा पालिकास्तरीय खेलमैदान निर्माण भइरहेको छ।

 

 

अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार, जिल्लामा खेलमैदानको अभावले खेल गतिविधिमा असर परेको थियो, र नयाँ मैदानले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ। यो मैदान क्रिकेट खेल्न पनि उपयुक्त हुने र जिल्लाकै नमूना मैदान बनाउने लक्ष्य रहेको जनाइएको छ।