Online News Portal

गठ्ठाघरमा दुर्घटना : मृतक भनिएकी सुस्मा सम्पर्कमा, सनाखत गर्ने प्रयासमा प्रहरी

काठमाडौं :  भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्य भएको भनिएकी सुष्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेपछि मृतकबारे अन्यौलता भएको छ ।

यसअघि एकजना युवकले मृत्यु हुने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरेका थिए । तर, दोलखाको मेलुङ गाउँपालिका घर भएकी सुष्मा नेपाली पछि सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।उनले मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो।

 

Advertisement

Click the button below to skip this ad and read the full article.