Online News Portal

खीर खानुका फाइदा के छ त

काठमाडौँ: साउन पन्ध्र खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । सबै परीवार जम्मा भएर खीर खाने परम्परा रहेको छ ।

नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ ।

खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनी खीर खाने चलन रहेको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ ।दुध र चामल पकाएर बनाइने खीरमा मात्रा अनुसार चिनी, घ्यू, सुख्खा फल मिसाइयो भने झनै स्वादिलो हुन्छ । खीर बच्चादेखि वृद्धिसम्म सबैले खान मिल्छ । जानौं खीरका फाइदा बारे ।खीर बच्चादेखि वृद्धसम्म सबैलाई उपयुक्त खाने कुरा हो ।
तर, दुध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका विरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।
पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दुध र चामलबाट बनेको खीर खाँदा पचाउन सजिलो हुन्छ ।
चामलमा कार्बोहाइड्रेट पाइन्छ भने दुध क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो ।
चिल्लो ननिकालिएको दुधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ ।
गाईको दुधबाट बनाएको खीरबाट हामीले भिटामिन ए पाउन सक्छौं ।
खीर बनाउँदा हालिने घ्यूले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल्स जस्ता तत्व पाउन सकिन्छ ।