Online News Portal

‘कुलिङ पिरियड’मा षड्यन्त्रपूर्ण हेरफेर गर्ने जिम्मेवारले राजीनामा दिनुपर्छ : सांसद पदम गिरी

काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विधेयकमा गरिएको शब्द चलखेलप्रति आपत्ति जनाउँदै दोषीलाई राजीनामा दिनुपर्ने माग गरेका छन्। मंगलबार सभामुखसँगको छलफलपछि उनले समितिबाट सहमति भइसकेको विधेयक संसदमा जस्ताको तस्तै पेस हुनुपर्ने बताए।

उनले षड्यन्त्रपूर्वक विधेयकमा “बाहेक” भन्ने शब्द हालिएको र यसले गलत म्याच्यौरिटी अभ्यास भएको बताए। छानबिन नभएसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि नबढ्ने चेतावनी दिँदै उनले नैतिक जिम्मेवारी लिँदै दोषीले राजीनामा दिनुपर्ने स्पष्ट पारे।

विधेयक प्रारम्भिक रूपमा सरकारले संसदमा दर्ता गराउँदा संवैधानिक र कूटनीतिक नियुक्तिबाहेक अन्य नियुक्तिमा दुई वर्षको रोक व्यवस्था थियो। तर, प्रतिनिधिसभामा प्रस्तुत हुँदा “बाहेक” भन्ने शब्द घुसाइएकाले विवाद भएको हो।

Advertisement

Click the button below to skip this ad and read the full article.